समाचार

बनेपा नगरपालिकाकाे अर्धवार्षिक समीक्षा गाेष्ठी ,विषयगत प्रमुखले प्रस्तुत गरे प्रगति विवरण

माघ २६ शुक्रबार ,२०८०
काभ्रेपलान्चोक । बनेपा नगरपालिकाले आर्थिक वर्ष २०८०/ ०८१ काे अर्धवार्षिक  कार्यसम्पादन समीक्षा गाेष्ठी सम्पन्न गरेको छ। आज नगरपालिकाकाे सभाहलमा भएको गाेष्ठीमा विषयगत शाखा प्रमुखहरुले आ – आफ्नो प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।   गोष्ठीको बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले गमलामा पानी हालेर सुभारम्भ गर्नुभएको थियो ।

बनेपा नगरपालिकाका प्रशासकीय अधिकृत भाेला चापागाईंले  नगरकाे विभिन्न शाखाबाट सम्पादन भएको कार्यकाे समीक्षा गर्नुपर्ने त्यस अनुरुप सराेकारवाला पक्षसँग सार्वजनिककरण गर्दा लिजा र फ्रालाई सघाउ पुग्ने भएकाले समीक्षा कार्यक्रमको महत्त्व रहेको उल्लेख गर्नुभयो ।

गाेष्ठीमा पशु शाखा प्रमुखले नगरपालिकाका १४ वटा वडामा  नि:शुल्क पशु विमा कार्यक्रम अगाडि बढाइएको जानकारी दिंदै  लम्पिस्किनबाट क्षति व्यहाेरेका किसानहरूलाई राहत स्वरुप १० हजारका दरले क्षतिपूर्ति दिएको बताउनुभयो। बनेपा नगरपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा प्रथम भएको र प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डड प्रतियाेगितामा छनााेट भएको र विद्यालयमा दिवा खाजाले निरन्तरता पाउनाकाे साथै सामुदायिक विद्यालयमा  सेनेटरी प्याड वितरणले उपलब्धि हाँसिल गरेकाे शिक्षा, युवा तथा राेजगार शाखा प्रमुखले विवरण पेश गर्नुभएको थियो ।

राजस्व शाखाले पालिकाकाे आन्तरिक राजस्व सम्बन्धि जानकारी गराएको थियो भने कृषि शाखाले जानकारी गराए अनुसार अर्थमन्त्रलायबाट बनेपामा काेल्ड स्टाेर निर्माणका निम्ति २ कराेड बजेट विनियोजन छ। सुचना शाखाले प्रस्तुत गरेको प्रतिवेदनले काभ्रे जिल्लामै धेरै जनसंख्या भएको पालिकामा नगरकाे सम्पुर्ण सुचाना तथा तथ्यांक विद्दुतीय प्रणालीबाट सुरु गरिएको र सबै वडा कार्यालयमा डिजिटल हाजिर सुरु गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *