समाचार
नेकपा एकीकृत समाजवादीका काभ्रे जिल्ला कमिटी सदस्य माथि सांघातिक आक्रमण दाेषिलाई कार्वाही गर्न माग

पुस, ७
काभ्रेपलान्चोक । नेकपा एकीकृत समाजवादी काभ्रेका जिल्ला कमिटी सदस्य , भुम्लु गाउँपालिका कमिटी अध्यक्ष तथा वडा नम्बर ८ का वडा अध्यक्ष माेतिलाल तामाङ माथि सांघातिक आक्रमण भएको छ।
गत पुस ४ गते भुम्लु गाउँपालिका वडा नम्बर ८ सिस्नेरि बगर क्षेत्रमा अनाधिकृत रुपमा गिट्टी ,बालुवा, ढुङ्गा उत्खनन गरेको सुचना पाएपछि अनुगमनको लागि साे स्थानमा पुग्दा दुर्व्यवहार सहित आक्रमण भएको हो ।
अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन र चाेरि पैठारी भएको जानकारी पश्चात् उक्त स्थानमा पुग्दा घरेलुु हातहतियार सहित सुनियाेजित तरिकाले स्थानीयले घेराबन्दी गरि हातपात गर्दै नियन्त्रणमा लिएको घटना प्रती नेकपा एकीकृत समाजवादी जिल्ला कमिटीकाे ध्यानाकर्षण भएको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बसुन्धरा हुमागाँइले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हाम्रो पार्टी संगठनकाे जिल्ला सदस्य तथा जननिर्वाचित प्रतिनिधि माथि भएको यश किसिमको आक्रमण कानुन र विधिको शासन भित्र पर्दैन । यस्तो कार्य खेदजनक र निन्दनीय रहेको छ। जिल्ला पार्टी कमिटी उक्त आततायि कर्तुतकाे घाेर निन्दा र भत्सना गर्दछ साथै घटनामा संलग्न दाेषिलाई कानुनी दायरामा ल्याई हदैसम्मको कार्वाही गर्न जाेडदार माग गर्दछ , विज्ञप्तिमा भनिएको छ।

