समाचार
काभ्रे २ मा शिव हुमागाँईलाई पराजित गर्दै पूर्व संचार मन्त्री गाेकुल बास्काेटा निर्वाचित

मंसिर ,९
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नंबर २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा विजयी हुनु भएको छ।
मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम अनुसार ४५ हजार ३४५ मत प्राप्त गरि बास्कोटाले निकटता प्रतिस्पर्धी नेपाली कांग्रेसका शिव हुमागाई भन्दा ५ हजार ८६३ मतले जीत हासिल गर्नु भएको हो ।
एमालेका उम्मेदवार बास्कोटाले ४५ हजार ३४५ मत पाउँदा हुमागाईले ३९हजार ४८२ मत पाउनु भएको छ । मत गणनाको अन्तिम परिणाम अनुसार अगाडी नै बास्काेटा विजयी भइसक्नु भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाँईले १० हजार ५८६ मत प्राप्त गरि तेस्रो हुनु भएको छ।
बास्काेटाले २०७४काे निर्वाचनमा १७ हजार मतान्तरले विजयी भएर संचार मन्त्री हुनु भएको थियो ।



