Site icon Tukinetwork.com

काभ्रे २ मा शिव हुमागाँईलाई पराजित गर्दै पूर्व संचार मन्त्री गाेकुल बास्काेटा निर्वाचित

मंसिर ,९
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक प्रतिनिधि सभा  निर्वाचन क्षेत्र नंबर २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा विजयी  हुनु भएको छ।

मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम अनुसार ४५ हजार ३४५ मत प्राप्त गरि बास्कोटाले निकटता प्रतिस्पर्धी नेपाली कांग्रेसका शिव हुमागाई भन्दा ५ हजार ८६३ मतले जीत हासिल गर्नु भएको हो ।

एमालेका उम्मेदवार बास्कोटाले ४५ हजार ३४५ मत पाउँदा हुमागाईले ३९हजार  ४८२ मत पाउनु भएको छ । मत गणनाको अन्तिम परिणाम नुसार  अगाडी नै बास्काेटा विजयी भइसक्नु भएको  थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाँईले १० हजार ५८६ मत प्राप्त गरि तेस्रो हुनु भएको छ।

बास्काेटाले २०७४काे निर्वाचनमा १७ हजार मतान्तरले विजयी भएर संचार मन्त्री हुनु भएको थियो ।

Exit mobile version