विश्व

साउदी राजा तेल उत्पादन बढाउन सहमत

वासिङ्टन- साउदी अरबका राज सलमान तेलको उत्पादनलाई बढाउन सहमत भएका छन्। तेल उत्पादनका लागि गरिएको आग्रहलाई साउदी राजा सलमानले सहमति जनाएको शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

संयुक्त राज्य अमेरिकाले आगामी नोभेम्बरपछि इरानविरुद्ध कडा प्रतिबन्ध लगाउन लागेको गत मङ्गलबार अमेरिकाले जानकारी गराएको थियो। अमेरिकी प्रशासनले इरानसँग कारोबार गरेर इरानलाई आर्थिक रूपमा सहज नपार्न आग्रह गरेको थियो।

“तेल निर्यातकर्ता मुलुकहरूको संगठन (ओपेक) को तेस्रो ठूलो तेल उत्पादकले प्रतिदिन २० करोड ब्यारेल तेल निर्यात गर्ने गरेको सन्दर्भ यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ”, अमेरिकी राष्ट्रपति ट्रम्पले भने, भखैरै म साउदी राजा सलमानसँग कुरा गरेको छु। इरान र भेनेजुयालामा देखिएको अस्तव्यस्तताका कारण साउदी अरबसँग तेल उत्पादन बढाउन भनेको छु। सम्भवत साउदी अरबले प्रतिदिन २० लाख व्यारेल उत्पादन गर्नेछ। उहाँ सहमत हुनुभएको छ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *