खेलकुद
म्यानचेस्टर युनाइटेडसँग चेल्सीको लज्जास्पद हार
काठमाडौं, २७ साउन । प्रिमियर लिगमा यस सिजनको आफ्नो पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि ४–० को जित हासिल गरेको हो। युनाइटेडको जितमा मार्कस रासफोर्डले दुई गोल गरे भने एन्थोनी मार्टिएल तथा सब्सिट्यूट डानियल जेम्सले एक(एक गोल गरे।
युनाइटेडको लागि खेलको १८ औं मिनेटमा रासफोर्डले गोल गर्दै अग्रता दिलाएका थिए। उनले सो गोल पेनाल्टीमार्फत गरेका हुन्। त्यसपछि पहिलो हाफमा १(० को अग्रता कायम गरेको म्यानचेस्टर युनाइटेडले ३ गोल खेलको दोश्रो हाफमा गर्यो।





