समाचार

विप्लप समुहले गर्यो दुई वटा गाडीमा आगजनी, कार पूर्णरुपमा जल्यो

विप्लव नेतृत्वको समूहले गए राति नै मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् । विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नंको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको उहाँले बताउनुभयो ।

यसैगरी हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ । हेटौँडाको थानाभ¥याङ, चौकीटोल र हुप्राचौर क्विक २० पार्टीप्यालेस नजिकै शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । सबै शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरिसकेको जनाइएको छ । फाइल तस्बिर

यो पनि पढ्नुहोस : आकाशे पुल निर्माण गरिँदै

रत्ननगर नगरपालिकाले पूर्वपश्चिम राजमार्गका दुई ठाउँमा आकाशे पुल निर्माण गर्ने भएको छ । नगरपालिकाको मुख्य बजार क्षेत्र पर्ने सौराहाचोक र टाँडीचोकमा आकाशे पुल निर्माण गर्न लागिएको हो ।नगरपालिकाका प्रमुख नारायण वनका अनुसार यसै आर्थिक वर्षबाट काम शुरु गर्न नगरपालिकाले रु एक करोड ४० लाख बजेट विनियोजन गरेको छ । थप बजेटका लागि प्रदेश सरकार र सङ्घीय सरकारका सांसदहरुसँग अनुरोध गरिएको उहाँले बताउनुभयो ।

आकाशे पुल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । नगरपालिकाका योजना शाखा प्रमुख ई प्रकाश ढुङ्गानाका अनुसार दुई वटा पुल सम्पन्न गर्न रु नौ करोड ५० लाख लाग्नेछ । सडक चौडा भएमा सार्न मिल्ने गरी फलामको पुल निर्माण गर्न लागिएको हो । ढुङ्गानाले राजमार्ग फराकिलो हुने सम्भावना भएकाले बढाउन मिल्ने गरी नक्साङ्कन गरिएको बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *