समाचार

मोरङको ५५ हजार हेक्टर क्षेत्रफलमा बृक्षारोपण

बेलबारी ÷सम्बृद्धिका लागी वन र स्वच्छ बाताबरण भन्ने मुल नाराका साथ जिल्ला वन कार्यालय मोरङले गत आवमा ७७ हेक्टर क्षेत्रफलमा बृक्षारोपण गरेको छ भने यस आवमा ५५ हजार हेक्टर क्षेत्रफलमा बृक्षारोपण गर्ने भएको छ ।

राष्ट्रपति चुरे कार्यक्रम, राष्ट्रिय बन कार्यक्रम तथा जिल्ला बन कार्यालय मोरङको सहजिकरणमा बिहिबारदेखि बृक्षारोपण गर्न थालिएको छ । बेलबारी ११ मा रहेको लक्ष्मी सामुदायिक बनले मात्रै १६ हजार हेक्टर क्षेत्रफलमा बृक्षारोपण गर्ने जनाएको छ । राष्ट्रपति चुरे कार्यक्रमले चुरेक्षेत्रको संरक्षण गर्ने उदेश्यले धेरै क्षेत्रमा बृक्षारोपण गर्न लागेको छ । बि.स.२०३५ साल देखी स्थानिय उपभोक्ताहरुलाई सामुदायिक बन हस्तानतरण गरे सँगै बनको संरक्षण बृक्षारोपण धेरै हुन थालेको जिल्ला बन कार्यालय मोरङका प्रमुख डा.बिनोद देबकोटाले बताए ।

बिहिबार देखी सुरु भएको बृक्षारोपण २ हप्ता भित्रमा ५५ हजार हेक्टर क्षेत्रफलमा बिरुवा रोपिसकिने प्रमुख देवकोटाले बताए । छोराछोरी जन्मँदा जग्गा हुनेले ५ देखी २० वटा सम्म बिरुवा रोप्ने योजना प्रदेश सरकाले ल्याएको बन तथा बाताबरण मन्त्रालयका निमित्त सचिब पुर्णेश्वर सुबेदील बताए । आफनो निजि क्षेत्रमा रोपेका जग्गाको रुख बेचेर छोराछोरीको पठन पाठन गर्न समेत सकिने मन्त्रालयका निमित्त सचिब सुबेदीले भने प्रदेशले समेत बृक्षारोपण तथा बन संरक्षणलाई ध्यान दिएको छ ।

टिक, मसला ,खैर, वास, सिसौ, जामुना र चाप लगायतका बिरुवा सामुदायिक बनहरुमा रोपिने गरेका छन । स्थानियतहरुले समेत बृक्षारोपणलाई पहिलो प्राथमिकता दिन थालेका छन । हरितनगरी बनाउने उद्धेश्यका साथ बेलबारी नगरपालिकाले नगरशभावाटै कालोपत्रे गरिएका सडक, तथा प्रतयेक घरमा समेत २ वटा बिरुवा अनिबार्य रुपमा रोप्नु पर्ने निति बेलबारी नगरपालिकाले ल्याएको छ । घर नक्सापास गर्दा नगरपालिकाले अनिबार्यरुपमा बिरुवा फोटो सहित लिएर आउनुपर्ने प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए ।

नगरपालिकालाई पर्यटकिय क्षेत्रका रुपमा बिकास गर्न एक घर दुई बिरुवाको अबधारणा ल्याएको हो । यसैगरी यस आवमा राम्रो काम गर्ने हरियाली सामुदायिक बन, रमिते बन ,लक्ष्मी सामुदायिक बन र आमजुँगी सामुदायिक बनलाई समेत सम्मान गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *