समाचार
एकाएक किन स्थानीय गुठीयारहरुले लगाए टेकुको सामुदायिक विद्यालयमा आगो
काठमाडौँको टेकुस्थित महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयको निर्माणाधीन भवनमा स्थानीय गुठीयारहरुले आगजनी गरेका छन् । पचली भैरव गुठीको जग्गामा विद्यालयले अनधिकृत रूपमा व्यापारिक भवन निर्माण गरेको भन्दै गुठीयारले अगो लगाएको बताइएको छ ।
गुठीको जग्गामा बिना सहमति र भवन निर्माण पास नगरिकन नै भवन निर्माण गर्न लागेकाले आफूहरूले त्यसलाई रोकेको स्थानीयको भनाई छ ।काठमाडौँ महानगरपालिका र राष्ट्रिय पुनर्निमार्ण पाधिकरणको बजेटमा विद्यालयले भवन बनाइरहेको थियो ।

