समाचार

बाढी-विपदकाे बेला खोला तारेबापत १ हजार तिर्नुपर्ने

बेझाड । पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ। वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ । यो समस्या वर्षौँदेखिको हो । यहाँका स्थानीयवासीले वर्षायाम शुरु भएदेखि खोला वारपार गर्न निकै सास्ती खेप्दै आइरहेका छन् ।

हरेक निर्वाचनमा यो खोलामा पक्की पुल निर्माण गर्ने सबै दलका उम्मेदवारका चुनावी एजेण्डामा समेटिन्छ। तर, पुल बनाउने कार्यमा भने कसैले चासो दिएको पाइँदैन । जोखिम मोलेरै पानीको बहाव बढेको खोलामा पसेर मोटरसाइकल बोकेर खोला वारपार गराए वापत रु ५०० देखि एक हजारसम्म शुल्क लिने गरेको स्थानीयवासी कृष्णबहादुर सुनारीले बताउनु भयो । “अति आवश्यक काममा निस्केका, बिरामी बोकेर आएका मोटरसाइकल जोखिम मोलेर बोकेर खोला तारिदिने गरेको छु”,उहाँले भन्नुभयो ।

पूर्वखोला गाउँपालिकाको सिलुवा बजारबाट सात किमी दक्षिणमा रहेको यस खोलामा पुल नहुँदा वर्षायाम शुरु भएपछि सवारी साधन नै ठप्प हुँदा स्थानीय वासीले निकै सास्ती खेप्दै आइ रहेको स्थानीय व्यापारी विजय सारुले बताउनु भयो । “सामान गाडीमा ओसार पसार गर्न, गाउँ घरमा उत्पादित वस्तु बजार पु¥याउन खोलामा पुल नभएकै कारण बोकेर जीविका चलाउनु पर्ने बाध्यता छ” उहाँले भन्नुभयो।

सवारी साधन ठप्प हँुदा उपभोग्य वस्तु महँगो मूल्यमा खरीद गर्न यस क्षेत्रका स्थानीयवासी बाध्य छन। पैदल यात्रीका लागि झोलुङ्गे पुल रहे पनि यातायातका साधन वारपार गर्न पक्की पुल नबन्दा जोखिम मोलेरै सवारीसाधन वारपार गर्नुपर्ने बाध्यता रहेको होम राई मगर बताउनुहुन्छ । यस खोलामा पक्की पुल नबन्दा निस्दी गाउँपालिकाको वडा नं ६ अर्चलेका सबै भाग, वडा नं ७ को ज्यामिरे र मित्यालका केही भेगका स्थानीयवासीले कठिन यात्रा गर्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *