समाचार
जब भारतीय नहर भत्काइयाे अनि जोगिए नेपालका दर्जनबढी गाउँ
वीरगन्ज । दुई दिनदेखि डुबानमा परेको पर्साको छिपहरमाई गाउँ पालिकाका दर्जन बढी गाउँ सीमापारीको भारतीय नहर काटेपछि अहिले जोखिम मुक्त भएका छन् । ओरिया नदी र बर्खे पानीको निकास साँघुरो भएकोले पर्साको पश्चिमी क्षेत्र छिपहरमाई गाउँपालिका क्षेत्रका दर्जन गाउँ हरेक वर्ष बाढीको जोखिममा पर्छन्।
सीमा नजिकै भारततर्फ निर्माण भएका सडक, नहर र रेल लाइनका कारण पानीको निकासमा समस्या छ। गत बुधबार देखि शनिवार मध्यान्न सम्म परेको अबिरल बर्षाका कारण छिपहरमाई गाउँपालिकामा रहेका गाउँहरु, भिस्वा, जयमंगलापुर, मिर्जापुर, बुडगाई, सम्भौंता, टिहुकी, चारगाँहा लगायतका गाउँहरु एकआपसमा र जिल्लाका बाकी भुभाग संग छुटेका छन्। ‘बाढीले गाउँका मुख्य सडकहरु बगाएको छ।
नयाँ बनेका पुलका किनारामा सडक कटेको छ,’ गाउँपालिकाका प्रमुख मनोज पटेलले भने, ‘सिमापारीको नहर स्थानीय र भारतीय सशस्त्र सुरक्षा बल मिलेर काटेपछि यता हामीले राहतको साँस फेरेका छौं।’ दशगजा र नहरको विचमा भारतीय भुभाग र गाउँहरु छन्। यसले गर्दा स्थानीयको दबावमा एसएसबीले बाँध जस्तो नहर काटेपछि नेपाली गाउँका बासिन्दाले पनि राहत पाएका हुन। याे खबर आजकाे नागरिक दैनिकमा छ।
प्रतिक्रिया दिनुहोस्


