समाचार

दमकमा खोलाले बगाएर दुईको मृत्यु

दमक / खोलाले बगाएर झापामा आज एक बालिकासहित दुई जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार इलाम चुलाचुली गाउँपालिका–१ का ५१ वर्षीय अञ्चल लावती र सङ्खुवासभा घर भई हाल दमक–१० मावली आएकी छ वर्षीया बालिका एलिजा न्यौपाने रहेका छन् । आज बिहान घर नजिकैको कमल खोलाले बगाएर बेपत्ता भएका ५१ वर्षीय लावतीको शव झापाको कमल गाउँपालिका–२ स्थित भालु गाउँस्थित कमल खोलामा अपराह्न ४ बजे मृत अवस्थामा शव भेटिएको प्रनि एक्तेनले बताउनुभयो । यसैगरी मामा घर आएकी पुनम न्यौपानेकी छोरी एलिजा स्थानीय खोलाले बगाएर आज अपराह्न मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *