समाचार
अन्तर्वातामा आफ्नो आवाज रेडर्क गर्न नदिने अमरीश पुरीका किस्सा
मुम्बई। कुनै जमानाका चर्चित भिलेन स्वर्गीय अमरीश पुरीको शनिबार (२२ जुन) मा ८७ औं जन्म जयन्ती हो। यो अवसरमा उनको जीवनका केही किस्साका विषयमा तपाइँलाई जानकारी दिन गइरहेका छौं।
अमरीश पुरीको एउटा बानी के थियो भने उनी भिडियो वा अडियो अन्तर्वाता दिँदैन थिए। यो क्रममा उनका केही फुटेज देखियोभने पनि त्यो शुटिङकै बेलाको हो। म्योगेजी वा पत्रिकालाई अन्तरर्वाता दिँदा पनि उनी आफ्नो आवाज रेकर्ड गराउन दिँदैन थिए।

उनी त्यस्तो यस कारण गर्थे की उनको अवाज धेरै भन्दा धेरै फिल्ममा नै सुनियोस्। उनी अन्तरर्वाता लिनेलाई पहिला नै रेकर्डर बन्द गर्न आग्रह गर्थे। म्यागेजीनबाट उनलाई अन्तर्वाताकालागि फोन आयो भने उनी भन्ने गर्थे–कभर स्टोरीमा स्थान पाउँछ भने मात्र अन्तर्वाता दिन्छु।’
नकारान्तमक भूमिकाबाट करियरको सुरुवात गरेको अमरीश पुरीले ९० को दशकमा सकारात्मक भूमिका निर्वाह गर्न सुरु गरेका थिए। त्यो बेला सम्म उनले बलिउडमा आफ्नो स्थान सुरक्षित गरिसकेका थिए। उनले आफूले भनेजति पैसा नदिने फिल्ममा काम पनि गर्न छाडेका थिए।
एन.एन. सिप्पीको एउटा फिल्म उनले त्यसकारण छोडका थिए, किनभने उनले आफूले मागेजति ८० लाख रुपैयाँ पाएका थिएनन्। अमरीशले अन्तर्वातामा भनेका थिए–जो मेरो हक हो त्यो मलाइ मिल्नुपर्छ। म अभियनसँग कुनै सम्झौता गर्दिन भने फिल्मकालागि कम पैसा किन स्वीकार गर्नु। मानिस मेरो अभियन हेर्न आउँछन्।’
चर्चित फिल्म निर्देशक श्याम बेनेगलले एक अन्तवार्तामा भनेका थिए–एक पटक हाम्रो एक साथी र उसको परिवारको दुर्घटना भयो। श्रीमतीलाई खासै केही भएको थिएन, तर पति र उनका छोराको अवस्था क्रिटिकल थियो। अस्पतालमा उनकालागि रेयर ब्लड ग्रुपको आवश्यकता पर्यो। जो अमरीश पुरीको ग्रपको थियो। हाम्रो त्यो साथीसँग अमरीशको परिचय थिएन। तर अमरीश अस्पताल पुगेर रगत दिए। तर साथी र उनको छोरालाई बचाउन सकिएन।’
श्याम बेनेगलका अनुसार सत्यदेव दुवेका थिएटर ग्रुपमा अमरीशसँग उनको पहिलो पटक भेट भएको थियो। त्यो बेला अमरीश लाइफ इंश्योरेन्स एजेन्ट पनि थिए। र बाइकमा यताउता घुमिरहन्थे। बेनेगलका अनुसार उनको पहिलो फिल्म अंकुरकालागि उनले एक अभिनेतालाई कास्ट गरे। जसको शारीरिक बनावट निकै राम्रो थियो, उनले डाइलग बोल्न सकेनन्। त्यसपछि उक्त डाइलग अमरीशबाट डविङ गराएका थिए।
