खेलकुद

विश्वकप क्रिकेटमा आज बंगलादेश र वेष्ट इण्डिज भिड्दै, को जाला सेमिफाइनलमा ?

एजेन्सी । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप अन्तर्गत आज बंगलादेश र वेष्ट इण्डिज आमने सामने हुँदैछन् । उत्कृष्ट सुरुवात गरेका यि दुवै टिमले सुरुमा उत्कृष्ट खेल देखाएका पनि पछिल्ला खेलहरु एकपछि अर्को गर्दै लगातार हारेका कारण सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना कायम राख्न दुवैलाई जितको विकल्प छैन ।

दुवै टोलीले ४ खेलबाट ३ अंकमात्र जोडेका छन् । वेष्ट इण्डिजको बलिङ आक्रमण यो विश्वकपकै शशक्त हुँदाहुँदै पनि उसको ब्याटिगं सोचेजस्तो नचल्दा उसले राम्रो नतिजा निकाल्न सकिरहेको छैन ।

पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरे पनि बंगलादेशको बलिङ आक्रमण यो विश्वकपमा प्रभावकारी देखिएको छैन । वेष्ट इण्डिजलाई हराउन बंगलादशका लागी आजको खेल क्षमता देखाउने अवसर पनि हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *