uncategorized
आज ४ बजे बजेट आउदैं, वृद्ध भत्ता र कर्मचारी तलव बढ्दैं, बजेटको आकार झण्डै १६ खर्ब हराहारीको
काठमाडौं– अर्थ मन्त्रालयले आगामी आवको लागि बजेट तयार गर्ने काम सकेको छ। वृद्ध भत्ता र कर्मचारीको तलब वृद्धि गर्दै अर्थमन्त्रीले साढे १५ खर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेका छन। तर, बजेटको आकार यति नै हुन्छ भनेर यकिन भने भइसकेको छैन। राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई १४ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको सिलिङ बुझाएको थियो। तर, केहि लोकप्रिय कार्यक्रमसहित बजेट ल्याउने पर्ने बाध्यताका कारण बजेटको आकार योजना आयोगको सिलिङ भन्दा पौने एक खर्ब बढ्ने अनुमान गरिएको छ।
अर्थमन्त्री डा युवराज खतिवडा बजेटलाई अन्तिम रुप दिएर मंगलबार राति साढे ११ बजे मन्त्रालयबाट निस्किएका थिए। उनी बुधबार बिहानै साढे ६ बजे मन्त्रालय पुगेका थिए। बजेटलाई आज दिउँसो २ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेपछि चार बजे संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिने छ।

बजेटमा चालु वर्ष झै ८ प्रतिशतको आर्थिक बृद्धि लक्ष्य राखिएको छ। ८ प्रतिशतको आर्थिक बृद्धिका लागि स्रोत व्वस्थापन राजश्वबाट करिव १० खर्ब, करिव दुई खर्ब आन्तरिक ऋण र बाँकी विदेशी ऋण तथा सहायतामा निर्भर गरिएको छ।