समाचार

मुस्ताङमा एक इटाली पर्यटकको मृत्यु, घटनाको सम्बन्धमा अनुसन्धान हुँदै

मुस्ताङमा आज बिहान एक इटाली पर्यटकको मृत्यु भएको छ । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित सारेबुङमा ६८ वर्षीय मार्को रोक्कुफ्रान्कुफो मोरेलियोको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

बिहीबार बिरामी भएको खबर प्राप्त भएपछि उद्धारका लागि आज बिहान ७ः४५ मिनेटमा सो स्थानमा समिट एयरको हेलिकप्टर पुगेको थियो । तर, उहाँको बिहानै मृत्यु भइसकेको थियो । उहाँको शव सोही हेलिकप्टरबाट जोमसोम विमानस्थलमा ल्याइएको छ । घटनाको सम्बन्धमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *