समाचार

सेवाग्राही ठगिएपछि प्रेम सञ्जेलले चाले यस्तो कदम !

२०७६ बैशाख २५ बुधबार काठमान्डौ । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले कार्यालयसम्म आउने सेवाग्रहीसँग सरोकार राख्ने क्षेत्रको समस्या समाधानमा सहयोग गर्न विभिन्न कार्यालयको ध्यानाकर्षण गराएका छन् ।कार्यालय परिसर बाहिरका सटरले मासिक ३ हजार ५ सय भाडा लिने गरेकोमा अहिले ३५ हजारसम्म पुर्‍याएको भन्ने जनप्रतिनिधिबाटै गुनासो आएको भन्दै सञ्जेलले जिल्ला प्रशासन कार्यालय, विराटनगर महानगरपालिका तथा अन्य क्षेत्रलाई बुधबार पत्राचार गर्दै ध्यानाकर्षण गराएका हुन ।

परिसरमा खुलेका साइबरले नगरपालिका तथा अन्य निकायमा दर्ता नगरेको, श्रम कार्यालयमा आउने सेवाग्राहीलाई अर्मादित तरिकाले तानेर छिटो काम गराई दिनेभन्दै अतिरिक्त रकम लिने गरेको, नोबेल अस्पताल चौक, धरान रोडबाट आउँदा सिटी रिक्साले घटी मा ५० र बसपार्कबाट आउनेलाई ७५ रुपैयाँसम्म भाडा लिने गरेको भन्दै वाणिज्य आपूर्ति ताथ उपभोक्ता संरक्षण कार्यालयसमेतलाई यसबारे जानकारी गराएका छन् । प्रदेशस्तरमै श्रम स्वीकृति दिन सुरु गरेपछि सेवाग्राहीलाई सहज भएको छ ।यस्ता काम गर्नेको विषयमा अनुगमन गरी सेवाग्राहीलाई पर्ने समस्या हटाउन मद्दत गर्न सञ्जेलले सम्बन्धित कार्यालयलाई श्रम कार्यालय प्रमुख सञ्जेलले अनुरोध गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *