समाचार
बृद्ध भत्ता ५ हजार पुग्छ, आगामी वर्षदेखि नियमित रुपमा बढ्छ
कञ्चनपुर- उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि हुने बताएका छन् । उनले ५ वर्षभित्र ज्येष्ठ नागरिक लगायतको भत्ता ५ हजार पुर्याउने गरी आगामी वर्षदेखि नियमित रुपमा वृद्धि गर्दै लैजाने बताए ।

आइतबार कञ्चनपुरको वेदकोट नगरपालिकाका चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवनको उद्घाटन समारोहमा बोल्दै उनले मन्त्री पोखरलले चुनावताका गरेको प्रतिबद्धताअनुसार वृद्ध भत्ता ५ हजार पुर्याउने गरी सरकार अघि बढेको बताए ।
उनले गत आर्थिक वर्षमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य वीमा गरिएकोले भत्ता बढाउन नसकिएको बताए ।वर्तमान सरकारले एक वर्षमा सम्बृद्ध नेपाल र सुखी नेपालीु को नारा अनुसार त्यसका लागि जग हाल्ने काम गरेको मन्त्री पोखरेलले दाबी गरे ।
