समाचार

यस्तो देखियो भक्तपुरको होलि ? रमाए विदेशी पर्यटक

होलि आउनु अगावै सेतो रङ्गको होलि लेखिएको टि-शर्ट र रङहरु प्रसस्त देखिए। प्रहरी सुरक्षामा कडाईका कारण पहिलाको जस्तो होलि आउनु अघि नै लोला र जथाभावी पानी हाल्नेको संख्या कम थियो।प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रंङ्गहरुको पर्व होली बुधबार देशभर मनाइयो। देशवासी मात्र नभई नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरुले पनि धुमधामले होलि खेल्दै रमाउदै गरेको दृश्यहरु देखिए।

पछिल्ला बर्षहरुमा होली मनाउने क्रममा विभिन्न विकृति बढ्दै गएको पाईन्छ । खासगरी होलीको दिनमा अण्डाले हिर्काउने, कालो मोबिल दल्ने, फोहोर पानी छ्याप्ने, गाडीमा सवारहरुलाई लोला हान्ने लगायतका क्रियाकलापहरु बढ्दै जान थालेका छन् । होलिमा लुकेर जबर्जस्ती घरको छतबाट बाटोमा हिँड्ने यात्रुलाई लोला हान्ने, फोहोर पानीले छ्याप्नु जस्ता क्रियाकलापको अन्त्य हुनु जरुरी छ ।

होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । पछिल्लो समय यता त युवा युवतीहरू बिभिन्न समुह बनाएर बिभिन्न खालका गीतहरु गाउँदै नाच्दै होली खेल्ने गरेको पाइन्छ । यो दिन साथिसङ्गी मिलेर रमणिय स्थल घुम्न जाने रमाइलो गर्ने पनि चलन छ । हेर्नुहोस भक्तपुरमा होलिको रौनक

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *