समाचार

अवैध रुपमा भारततर्फ लैजाँदै गरेको एक किलोग्राम सुनसहित एक पक्राउ

लुम्बिनी-नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको एक किलोग्राम सुनसहित एक व्यक्तिलाई सीमावर्ती भारतीय प्रहरीले बरामद गरेको छ ।भारतीय सीमा सुरक्षा बलले आइतबार डण्डा हेडको बाटो हँुदै भारततर्फ जाँदै गरेको लु४२प ७६१९ नंको स्कुटी जाँच गर्ने क्रममा उक्त स्कुटीमा लुकाई राखेको सो सुन बरामद गरिएको एसएसबीका निरीक्षक विकास रायले बताउनुभयो ।

सुनसहित भारतीय प्रहरीले उक्त स्कुटीका चालक भैरहवा निवासी धनवत अग्रवाललाई पनि पक्राउ गरी थप कारवाहीका लागि नौतनवास्थित भारतीय भन्सार कार्यालय पठाएको छ । उक्त घटनाबारे सीमावर्ती नेपाली सुरक्षा अधिकारी भने अनभिज्ञ छ । सीमावर्ती जिल्ला रुपन्देहीका प्रहरी नायब उपरीक्षक धर्म भण्डारीले सुन बरामद र नेपाली पक्राउको विषयमा अहिलेसम्म आफूहरुलाई कुनै जानकारी नभएको बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *