अ+
अ
अ-
काङ्ग्रेस । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपासभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार दिउँसो १२ः३० बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। सोही अवधिमा शर्माले वारेसबाट वरिष्ठ उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाली कांग्रेसले विधान संशोधनमार्फत पहिलोपटक वरिष्ठ उपसभापति पदको व्यवस्था गरेको हो। शर्माको उम्मेदवारीसँगै कांग्रेसको नयाँ संरचनाअन्तर्गत वरिष्ठ उपसभापति पदको निर्वाचन प्रक्रिया अघि बढेको छ।


