ओमान सिरिजका लागि नेपालको १५ सदस्यीय टोली घोषणा, दुई खेलाडी परिवर्तन

MUMBAI, INDIA - FEBRUARY 08: Sandeep Lamichhane of Nepal celebrates after taking the wicket of Tom Banton of England during the ICC Men's T20 World Cup India & Sri Lanka 2026 match between England and Nepal at Wankhede Stadium on February 08, 2026 in Mumbai, India. (Photo by Pankaj Nangia/Getty Images)
अ+
अ
अ-

नेपाल क्रिकेट संघ (क्यान)ले आगामी अक्टोबर ७ देखि ओमानमा सुरु हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ।

टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्। पछिल्लो एसीसी प्रिमियर कप खेलेको टोलीबाट दुई खेलाडी परिवर्तन गर्दै नन्दन यादव र हिमान्त धामीलाई टोलीमा समावेश गरिएको छ।

टोलीमा कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख र भीम सार्की पनि रहेका छन्। यी खेलाडीले यसअघि विश्वकप लिग–२ को श्रृंखलामा स्थान बनाउन सकेका थिएनन्।

लिग–२ अन्तर्गत हुने यस सिरिजमा नेपालले आयोजक ओमान र क्यानडासँग त्रिकोणात्मक प्रतिस्पर्धा गर्नेछ। एकदिवसीय वरियतामा सुधार तथा आगामी एकदिवसीय विश्वकप छनोटको आधार निर्माणका दृष्टिले यो सिरिज महत्वपूर्ण मानिएको छ।