हिमपहिरोमा मृत्यु हुनेको संख्या चार पुग्यो

अ+
अ
अ-

मनाङको नार्फाभूमि गाउँपालिकाको–५ मा गएको हिमपहिरोमा मृत्यु हुनेको संख्या चार पुगेको छ।

हिमलुङ बेस क्याम्पमा हिमपहिरो जाँदा १४ जना बेपत्ता भएका थिए। आइतबार दुई जनाको शव भेटिएको थियो भने सोमबार थप दुई जनाको शव भेटिएको राष्ट्रिय पर्वतीय गाइड संघले जनाएको छ।

मृतकहरूको शव पोस्टमार्टमका लागि काठमाडौं ल्याइँदैछ। मृत्यु हुनेमा वीरेन्द्र गुरुङ, घनश्याम राई, छेबी भोटे र पासाङ भोटे रहेका छन्।