अ+
अ
अ-
काठमाडौ । हुम्लाको चंखेली गाउँपालिकामा जडीबुटी संकलन गरिरहेका स्थानीयहरू सम्पर्कविहीन भएका छन्।
जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी रविराज थापरियाका अनुसार दस जनामध्ये एक जनाको हिमपहिरोमा परेर मृत्यु भएको छ भने नौ जना सम्पर्कविहीन छन्।
मृत्यु हुनेमा मुगुका २२ वर्षीय गणेश बुढा रहेका छन्।
जडीबुटी संकलन गर्न पुगेका उनीहरूलाई स्थानीय वन उपभोक्ता समितिले संकलन गर्न नदिएपछि फर्कने क्रममा हिउँ परेको थियो। हिउँमा फसेका गणेश बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य नौ जना बलबहादुर बुढा, प्रकाश बुढा, ललितजङ बडुवाल, जयबहादुर बडुवाल, ओखबहादुर रोकाया, जयबहादुर रोकाया, वीरबहादुर एडी, प्रेम रोकाया र पवन रोकाया सम्पर्कविहीन छन्।


