भिसाको प्रयोजनविपरीत काम गरेको आरोपमा ५ विदेशी नागरिक अध्यागमन विभाग पठाइए

अ+
अ
अ-

काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रबाट भिसाको प्रयोजनविपरीत कार्य गरेको आरोपमा प्रहरीले पाँच जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार ठमेल क्षेत्रबाट चार जना बंगलादेशी नागरिक र दरबारमार्ग क्षेत्रबाट एक जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको हो।

उनीहरू भिसाको प्रयोजनविपरीत गैरकानुनी गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिएका पाँचै जना विदेशी नागरिकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान पठाइएको जनाएको छ।