अ+
अ
अ-
काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिका–८ स्थित अरनिको राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
अरनिको राजमार्ग हुँदै रामेछाप, दाेलखा र सिन्धुपाल्चोक जाने सडक अविरल वर्षाका कारण माथिबाट खसेको पहिरोले अवरुद्ध भएको हो।
आइतबार बिहान सडकमा ढुङ्गा र माटोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। पहिरोका कारण उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।
काभ्रेपलाञ्चोकमा अहिले पनि निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण थप पहिरो तथा सडक अवरोध हुन सक्ने जोखिम रहेको छ।


