आजबाट सोह्रश्राद्ध सुरु

पशुपतिनाथमा सोह्र श्राद्धको पहिलो दिन काठमाडौँ, ११ असोज (रासस) : पशुपतिनाथस्थित बागमती किनारमा सोह्र श्राद्धको पहिलो दिन प्रतिपदा तिथिको श्राद्ध गर्दै श्रद्धालु। आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्धमा दिवंगत पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्ने गरिन्छ। तस्बिर : लोकेश धामी/रासस
अ+
अ
अ-

आजबाट सोह्रश्राद्ध सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आजबाट सोह्रश्राद्ध सुरु भएको हो।

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्धमा सोह्रवटा तिथिमा दिवंगत पितृहरूलाई तर्पण र पिण्डदान गर्ने गरिन्छ।

हिन्दू शास्त्रीय परम्पराअनुसार ठूला यज्ञ, यज्ञादि तथा चाडपर्व आदि सुरु गर्नुभन्दा अगाडि पितृकर्म गर्ने चलन छ।

यसले पितृ ऋणबाट मुक्त भई धार्मिक कार्यमा पितृको पूर्ण आशीर्वाद रहने धार्मिक विश्वास रहेको बताइन्छ।

कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म सोह्रश्राद्ध रहने गरेको छ।