बाढीले मिर्मीको पुल बगायो

अविलर वर्षाका कारण नारायणी नदीमा बढेकाे पानीकाे सतह। नदीमा पानीकाे सतह बढेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । तस्बिरः टेकराज पोखरेल÷ रासस
अ+
अ
अ-

वालिङ । कालीगण्डकीको बाढीले पक्की पुल बगाएको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले राससलाई जानकारी दिनुभयो ।

भारी वर्षका कारण स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाका सबै ढोका खोलिएका छन् । आयोजनाले विद्युत् उत्पादन बन्द गरेको छ । स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा रहेको सेतीवेणी बजार डुबानमा परेको उहाँले जानकारी दिनुभयो ।