सप्तरीमा कोशीको बाढी बस्तीमा पस्दा १७ घरपरिवार प्रभावित

अविलर वर्षाका कारण नारायणी नदीमा बढेकाे पानीकाे सतह। नदीमा पानीकाे सतह बढेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । तस्बिरः टेकराज पोखरेल÷ रासस
अ+
अ
अ-

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा कोशी नदीको बाढी बस्तीमा पसेको छ। बाढी बस्तीमा पस्दा १७ घरपरिवार प्रभावित भएका छन्।

तिलाठी कोइलाडीस्थित सशस्त्र प्रहरी बेस क्याम्पमा समेत कोशी नदीको पानी पसेको जनाइएको छ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार कोशी नदीको बहाव उच्च भएपछि बस्तीमा बाढी पसेको हो। यद्यपि, अहिले पानीको सतह घट्ने क्रम जारी रहेको उनले बताएका छन्।