भरत दाहाललाई रिहा गर्न सर्वोच्चको आदेश

अ+
अ
अ-

काठमाडौँ । राजनीतिक विश्लेषक तथा स्वतन्त्र पत्रकार भरत दाहाललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

सर्वोच्च अदालतले दाहाललाई गैरकानुनी रूपमा थुनामा राख्न नमिल्ने ठहर गर्दै तत्काल रिहा गर्न आदेश दिएको हो।

दाहाललाई केही दिनअघि मोरङको बेलबारीबाट पक्राउ गरिएको थियो। सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आएका दाहाललाई थुनामा राखिएको भन्दै उनकी छोरी डेनिका दाहालले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले स्वतन्त्र रूपमा विचार तथा अभिव्यक्ति राख्न पाउनु नागरिकको अधिकार भएको उल्लेख गर्दै दाहाललाई रिहा गर्न आदेश दिएको हो।