अज्ञात समुहकाे गाेली प्रहारबाट एक युवक घाइते

+
-

काठमाडौ ।सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चलेको छ। अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय निरज यादव घाइते भएका छन्।

देवानगञ्ज गाउँपालिका–१ का वडाध्यक्ष सुर्य नारायण पालका अनुसार अज्ञात व्यक्तिले गोली चलाएका हुन्।

सुनसरी जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी चन्द्र बहादुर खडकाका अनुसार घाइते यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।