अ+
अ
अ-
क्यानडाको टोरन्टोमा क्यानेडियन इन्टरनेसनल एयर शो (CIAS)–२०२६ सुरु भएको छ। सेप्टेम्बर ५ देखि ७ तारिखसम्म आयोजना हुने वार्षिक हवाई प्रदर्शनमा क्यानडाली सेनाको एरोबेटिक टोली ‘स्नोबर्ड्स’ ले आकाशमा रोमाञ्चक प्रदर्शन गरेको छ।
टोरन्टोको लेक ओन्टारियो किनारमा आयोजित प्रदर्शनमा सैन्य तथा नागरिक विमानहरूले विभिन्न हवाई कला प्रस्तुत गरिरहेका छन्। सन् २०२६ को प्रदर्शन स्नोबर्ड्सका लागि विशेष मानिएको छ, किनकि उनीहरूले प्रयोग गर्दै आएका CT-114 Tutor विमानको यो अन्तिम प्रदर्शन सिजन हो।
तस्बिर: क्यानडाको टोरन्टोमा सेप्टेम्बर ५ मा आयोजित २०२६ क्यानेडियन इन्टरनेसनल एयर शोमा क्यानडाली सेनाको स्नोबर्ड्स टोलीका विमानहरूले हवाई प्रदर्शन गर्दै।


