रसुवा बाढीमा बेपत्ता भएका ५ हजार मध्य ६ सय विदेशी नागरिक

In this photo released by Xinhua News Agency, a drone photo shows a flood-hit area in Nuwakot, Nepal on Thursday, Aug. 27, 2026. (Sulav Shrestha/Xinhua via AP)
अ+
अ
अ-

काठमाडौ । भाद्र १० गतेकाे भाेटेकाेशी बाढीमा ३५ देशका ६०० विदेशी नागरिक बेपत्ता छन् ।सरकारले दिएको पछिल्लो जानकारीअनुसार हालसम्म १३ हजार ९३ जनाको उद्धार गरिएको छ । जसमा ३०० भन्दा बढी विदेशी नागरिक रहेका छन् । करिब पाँच हजार ८३ जना अझै बेपत्ता छन्, जसमा ३५ देशका करिब ६०० विदेशी नागरिक रहेका छन् । प्रभावित क्षेत्रबाट हालसम्म एक हजार २८७ वटा शव बरामद गरिएको छ ।

सरकारले मृतकका पार्थिव शरीरबाट डिएनए सङ्कलन, विश्लेषण तथा पहिचान कार्यलाई तीव्रता दिन भारत, चीन, सिङ्गापुर र दक्षिण कोरियाका फरेन्सिक टोलीहरू नेपाल प्रहरी तथा अन्य सम्बन्धित निकायहरूसँग मिलेर काममा सहभागी भएका जनाएको छ ।

नेपालले हालसम्म भारत, चीन, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, जापान, संयुक्त राज्य अमेरिका, कतार, सिङ्गापुर, गणतन्त्र कोरिया, अष्ट्रेलिया, जर्मनी, लाट्भिया, लक्जेम्बर्ग, मलेसिया, म्यानमार, भुटान, बङ्गलादेश, पाकिस्तान, नर्वे, इजरायल, क्यानडा, श्रीलङ्का, थाइल्याण्ड, भियतनाम, न्यूजील्याण्ड, डेनमार्क, स्वीट्जरल्याण्ड, आयरल्याण्ड, चेक गणतन्त्र तथा युरोपेली सङ्घ, एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्रसङ्घ र अन्य मित्रराष्ट्र तथा सङ्घसंस्थाबाट विभिन्न राहत सहयोग प्राप्त गरिसकेको छ ।