निर्जीव कुशकाे प्रतिकात्मक शवमा देखिरहेका छन् परिवारले मृतककाे अनुहार,प्रत्यक्ष विदाइ गर्न नपाउँदा भावविह्वल

s'zsf] zj agfP/ cGTo]li6sf nflu nluFb} sf:sL, !( ebf}M oxL ebf} !) ut] /;'jfsf] ef]6]sf]zL gbLdf cfPsf] af9Ldf k/L a]kQf x'g'ePsf kf]v/f–!$ ;dfj]zL 6f]n lgjf;L $& jifL{o uf]ljGbaxfb'/ clwsf/L If]qLsf] z'qmaf/ /fd3f6l:yt ;]tL gbLdf cTo]li6sf] nflu s'zsf] zj agfP/ nluFb} . clwsf/L l6d'/] eG;f/ sfof{nodf ;jf/L rfnssf ?kdf sfo{/t x'g'x'GYof] . tl:a/M s[i0f bjf8L÷/f;;
अ+
अ
अ-

पोखरा । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका पोखरा–१४ समावेशी टोलका ४७ वर्षीय गोविन्दबहादुर अधिकारी क्षेत्रीको शुक्रबार कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ।

अधिकारीको वास्तविक शव फेला नपरेपछि धार्मिक तथा सामाजिक परम्पराअनुसार कुशबाट प्रतीकात्मक शव बनाएर अन्त्येष्टिका लागि लगिएको हो। पोखराको रामघाटस्थित सेती नदी किनारमा उनको अन्त्येष्टिको तयारी गरिएको थियो।

गोविन्दबहादुर अधिकारी क्षेत्री रसुवाको टिमुरे भन्सार कार्यालयमा सवारी चालकका रूपमा कार्यरत हुनुहुन्थ्यो। नियमित कामकै सिलसिलामा रसुवा पुगेका उनी भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका थिए।

भोटेकोशी नदीमा आएको बाढीले रसुवाको टिमुरे, केरुङ नाका आसपासलगायत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको थियो भने कतिपय व्यक्ति अझै बेपत्ता छन्।

गोविन्दबहादुरको शव लामो समयसम्म खोजी गर्दा पनि फेला नपरेपछि परिवारले धार्मिक संस्कारअनुसार कुशको शव बनाएर अन्त्येष्टि गर्ने निर्णय गरेको हो। शुक्रबार आफन्त, परिवारजन तथा शुभेच्छुकहरूको उपस्थितिमा कुशको शवलाई शवयात्रासहित रामघाटस्थित सेती नदी किनारमा लगिएको थियो।

आफ्नो परिवारको सदस्यलाई अन्तिमपटक प्रत्यक्ष रूपमा बिदाइ गर्न नपाउँदा परिवारजन भावविह्वल बनेका थिए। बाढीमा बेपत्ता भएका व्यक्तिको शव फेला नपर्दा परिवारहरूलाई एकातर्फ आफन्त गुमाएको पीडा छ भने अर्कोतर्फ अन्तिम संस्कारसमेत गर्न कठिन अवस्था सिर्जना भएको छ।

भोटेकोशी बाढीपछि सरकारले सुरक्षाकर्मी तथा विभिन्न उद्धार टोली परिचालन गरी बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिँदै आएको छ। तर बाढीको तीव्र बहाव, नदीमा जम्मा भएको माटो तथा भग्नावशेषका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको छ।

गोविन्दबहादुर अधिकारी क्षेत्रीको अन्त्येष्टिले बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारले भोगिरहेको पीडालाई समेत उजागर गरेको छ। आफन्तको शव नपाए पनि धार्मिक संस्कार पूरा गर्न परिवारले कुशको शव बनाएर अन्तिम बिदाइ गर्नुपर्ने अवस्था आएको हो।

तस्बिर : कृष्ण दवाडी/रासस