सुरुङभित्र दोहोरो संवादपछि सफलता : सञ्जय र कविरको सकुशल उद्धार

उद्धारमा खटिएका नेपाली सेना त्रिशुली (नुवाकोट), १९ भदौः त्रिशुली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका कार्यरत कर्मचारीहरुको उद्धारमा खटिएका नेपाली सेना । तस्बिरः रामहरि न्यौपाने÷रासस
अ+
अ
अ-

काठमाडौं — त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई जनाको शुक्रबार जीवितै उद्धार गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेका अनुसार उद्धार टोलीले सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनलाई सकुशल बाहिर निकालेको हो।

उद्धारका क्रममा सुरुङभित्र रहेका व्यक्तिहरूसँग उद्धार टोलीको दोहोरो संवादसमेत भएको थियो। उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि सुरुङभित्रबाट ‘हुन्छ’ भन्ने जवाफ आएको थियो।

त्यसपछि नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोलीले उद्धार अभियानलाई थप तीव्र बनाएको थियो। दुई जनालाई सकुशल बाहिर निकालिएपछि उनीहरूको स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्था गरिएको छ।

सुरुङभित्र अझै अन्य व्यक्ति फसेको आशंका रहेकाले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।