अ+
अ
अ-
लेबनान । दक्षिणी लेबनानमा इजरायली बमबारीका कारण विभिन्न क्षेत्रमा क्षति पुगेको छ। बमबारीपछि आकाशमा धुवाँको बाक्लो मुस्लो देखिएको छ।
सिन्ह्वाका अनुसार सेप्टेम्बर २ मा दक्षिणी लेबनानको माइफादौनबाट खिचिएको तस्बिरमा दक्षिणी लेबनानकै अर्नौन क्षेत्रमा इजरायली बमबारीपछि धुवाँ उठिरहेको देखिन्छ।
इजरायली बमबारीबाट अर्नौन क्षेत्र प्रभावित भएको जनाइएको छ। घटनासम्बन्धी थप क्षति तथा मानवीय अवस्थाको विवरण भने तत्काल सार्वजनिक गरिएको छैन।
तस्बिर : अली हसिसो/सिन्ह्वा


