काठमाडौं । साहित्यकार मञ्जिला शर्मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको अध्यक्षमा निर्वाचित भएकी छन्।
भाद्र ७ गते आइतबार काठमाडौंको अनामनगरस्थित सामाजिक विकास भवनमा सम्पन्न निर्वाचनमा शर्माले ८५ मतमध्ये ६३ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन्। उनका प्रतिस्पर्धी निर्मलरमण पराजुलीले २२ मत प्राप्त गरे।
अध्यक्षबाहेक अन्य सबै पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा कमला वली, उपाध्यक्षमा रञ्जना निरौला, महासचिवमा रमेश दाहाल, सचिवमा खेमराज न्यौपाने र कोषाध्यक्षमा कमला रिसाल निर्वाचित भएका छन्।
सदस्यहरूमा रत्नलक्ष्मी श्रेष्ठ, राधिका गुरागाईं, केवला भट्टराई, देवेन्द्र पराजुली, इन्दिरा ढकाल, सुषमा आचार्य, उषा केसी, डीआर राई र शान्ति न्यौपाने रिसाल चयन भएका छन्।
शर्माले हालै ‘बुवाहजुर’ शीर्षकको महाकाव्य प्रकाशित गरेकी छन्। अनेसास दर्पणका अनुसार नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ। नवनिर्वाचित समितिले थप दुई सदस्य तथा केही सल्लाहकार मनोनित गर्नेछ।

