पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिगेजसँग विवाह गरेका छन्। रोनाल्डो र जर्जिनाले मंगलबार, अगस्ट ११ मा पोर्चुगलमा निजी तथा सानो समारोहबीच नागरिक विवाह गरेका हुन्।
करिब एक दशकदेखि सम्बन्धमा रहेका रोनाल्डो र जर्जिनाले विवाहको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। उनीहरूले विवाहका औँठी देखाउँदै तस्बिरसमेत सार्वजनिक गरेका छन्। समारोहमा उनीहरूका पाँच सन्तान तथा परिवारका निकट सदस्यहरू सहभागी थिए।
रोनाल्डो र जर्जिनाले सन् २०१६ देखि सम्बन्धमा रहेका थिए। जर्जिनाले सन् २०२५ अगस्ट ११ मा रोनाल्डोसँगको इन्गेजमेन्ट सार्वजनिक गरेकी थिइन्। त्यसको ठीक एक वर्षपछि उनीहरूले विवाह गरेका हुन्।
रोनाल्डोले म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस, अल नासर तथा पोर्चुगलको राष्ट्रिय टोलीबाट खेल्दै आफ्नो करियरमा हजारौँ गोलको कीर्तिमान बनाएका छन्।


