अमेरिका, क्यानडालगायतका देशमा २६ अगस्टमा रक्षाबन्धन

+
-

काठमाडौं। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले श्रावणी, उपाकर्म तथा रक्षाबन्धन सम्बन्धी निर्णय सार्वजनिक गरेको छ।

समितिले जारी गरेको विज्ञप्तिअनुसार सन् २०२६ (वि.सं. २०८३) मा केही देशहरूमा श्रावण शुक्ल पूर्णिमाका दिन चन्द्रग्रहण तथा श्रावण शुक्ल पञ्चमीका दिन सूर्य सङ्क्रान्ति परेकाले शास्त्रीय प्रमाणका आधारमा सम्बन्धित स्थानमा श्रावणी, उपाकर्म र रक्षाबन्धन पूर्णिमाका दिन गर्न नमिल्ने जनाएको छ।

विज्ञप्तिअनुसार अमेरिका, क्यानडा, न्युजिल्यान्डलगायत चन्द्रग्रहण देखिने तथा सङ्क्रान्ति पर्ने स्थानहरूमा भदौ १० गते बुधबार (२६ अगस्ट २०२६) श्रवण नक्षत्र परेको दिन श्रावणी, उपाकर्म तथा रक्षाबन्धन गर्न शास्त्रीय रूपमा उपयुक्त हुने निर्णय गरिएको छ।

समितिले उक्त निर्णय अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिको बैठकबाट गरिएको जनाएको छ। साथै सम्बन्धित देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूलाई सोही मितिमा श्रावणी, उपाकर्म तथा रक्षाबन्धनका धार्मिक कर्म सम्पन्न गर्न आग्रह गरेको छ।