अ+
अ
अ-
काठमाडौ। काभ्रेपलाञ्चोक बनेपा नगरपालिका स्थायी घर भएका शुभराज बडालको पोर्तुगलमा निधन भएको छ।
पोर्तुगलबाट सञ्चालित नेपाली अनलाइन पत्रिका युरो चौतारीका अनुसार ३९ वर्षीय बडालको गत जुलाई ३० मा हृदयघातकाे कारण निधन भएको उल्लेख गरेको छ ।
बडाल वैदेशिक रोजगारीका सिलसिलामा सन् २०२३ को मार्च ८ मा पोर्तुगल पुगेका थिए। उनका श्रीमती र ९ वर्षीय एक छोरा रहेका छन्।
यसैबीच, युरो चौतारीले बडालको परिवारलाई आर्थिक सहयोग गर्न पोर्तुगलमा रोजगारीका सिलसिलामा रहेका नेपाली समुदायसँग सहयोगको अपिल गरेको छ।


