अ+
अ
अ-
एजेन्सी । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि पनि आन्दोलन रोकिएको छैन। प्रदर्शनकारीहरूले नयाँ दिल्लीको जन्तर–मन्तरमा निरन्तर प्रदर्शन गरिरहेका छन्।
प्रदर्शनकारीहरूको माग अनुसार प्रश्नपत्र चुहावटका कारण आत्महत्या गरेका विद्यार्थीका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइनुपर्छ। साथै, आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थीलाई तत्काल रिहा गर्न तथा उनीहरूमाथि लगाइएका मुद्दा फिर्ता लिनुपर्ने माग पनि उठाइएको छ।
यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले पीडितलाई न्याय दिलाउन आवश्यक कानुनी व्यवस्था गर्न द्रुत रूपमा विधेयक ल्याइने प्रतिबद्धता व्यक्त गरेपछि शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका थिए।

