समाचार

अहिले गर्न सकिने काम भोलिको एजेन्डा नबनाऔं’ – प्रधानमन्त्री बालेन शाह

२०८३ असार ७ आइतबार
चितवन । प्रधानमन्त्री बालेन शाहले देशमा देखिएका समस्या समाधानका लागि तत्काल काम गर्नुपर्नेमा जोड दिनु भएको छ। अहिले नै समस्या समाधान गर्न सकिने अवस्था हुँदा त्यसलाई अर्को निर्वाचनको एजेन्डा बनाएर लैजानु उचित नहुने भन्दै उहाँले अहिले नै कार्यान्वयनमा लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई चितवनमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले कुनै पनि नागरिकले सुधारका लागि नयाँ काम गर्न सकिन्छ भन्ने लागेमा सरकार तथा राजनीतिक दलसमक्ष आफ्ना सुझाव र अवधारणा राख्न आग्रह गर्नुभयो।

उहाँले यो गठबन्धन सरकार नभएकाे कारण एक–अर्काको कुरा सुन्नुपर्ने कुनै अवस्था नरहेको उल्लेख गर्दै संवाद, सहकार्य र कार्यान्वयनमार्फत जनताका समस्या समाधान गर्नुपर्ने बताउनुभयो। देशमा विद्यमान समस्या यथावत् राखेर पुनः निर्वाचनमा त्यही मुद्दा बोकेर जानुभन्दा अहिले नै समाधान खोज्नु आवश्यक रहेको उहाँको भनाइ थियो।

महाधिवेशन कार्यक्रममा विभिन्न विपक्षी दलका नेताहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा विपक्षी दलका प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिएका भने काङ्ग्रेस सभापति गगन थापा नेपाली कांग्रेसका तर्फबाट कार्यक्रममा सहभागी हुनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *