समाचार
लोकतन्त्र र संविधान जोगाउन कम्युनिस्ट पार्टीलाई जिताउनैपर्छ : सांसद लम्साल

माघ१६ शुक्रबार ,२०८२
काभ्रेपलाञ्चोक । बागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीलाई चुनाव हार्ने कुनै छुट नभएको बताएका छन्।
टुकी नेटवर्कसँगको कुराकानीमा सांसद लम्सालले काभ्रेपलाञ्चोकका उम्मेदवारहरूले निर्वाचन जित्नेमा आफू विश्वस्त रहेको स्पष्ट पारे। उनले अन्य दलहरूको गतिविधि लगभग समाप्त भइसकेको दाबी गर्दै धरापमा परेको लोकतन्त्र र संविधानको रक्षा गर्न कम्युनिस्ट पार्टीलाई जिताउनु अपरिहार्य रहेको बताए।
उनले तथाकथित ‘नयाँ’ भनिने राजनीतिक शक्तिहरूबीचको तिक्तता र आन्तरिक द्वन्द्व स्पष्ट रूपमा देखिइसकेको उल्लेख गरे। साथै कांग्रेस र एमालेमा खासै नयाँपन नरहेको टिप्पणी गर्दै उनले संगठनलाई तलदेखि माथिसम्म चलायमान बनाउनुपर्ने आवश्यकता औँल्याए।
“अब पार्टी संगठन परिचालन र जनमुखी अभियानमा जोड दिनुपर्छ,” सांसद लम्सालले भने, “नेता–कार्यकर्ताले तल्ला तहसम्म सक्रिय भएर काम गर्नुपर्ने समय आएको छ।”
पार्टीभित्र एकमना एकता रहेको सन्देश दिँदै उनले स्थानीय कमिटीहरूलाई घरदैलो अभियानमा सक्रिय हुन निर्देशन दिएका छन्। पहिला लुकेर मतदान गर्ने प्रवृत्ति रहे पनि अहिले दोहोरिएमा त्यसको हिसाब–किताब लिइने चेतावनीसमेत उनले दिएका छन्।


