समाचार
नेपाली कम्युनिस्ट पार्टी काभ्रेले फागुन २१ का लागि उम्मेदवार सिफारिस

२०८२ माघ ३ शनिबार
काभ्रेपलान्चाेक । नेपाली कम्युनिस्ट पार्टी काभ्रेले आगामी फागुन २१, २०८२ मा हुने निर्वाचनका लागि काभ्रेपलाञ्चोकबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सिफारिस गरेको छ।
पार्टीले प्रतिनिधि सभा क्षेत्र नम्बर १ तर्फ सुर्यमान दोङ, दिनानाथ गौतम, मुकुन्द गौतम, टासी लामा र अबिरल जिम्बालाई सिफारिस गरेको छ।
त्यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ तर्फ बसुन्धरा हुमगाईं, कृष्ण भण्डारी, आइत सिं तामाङ, उषा शिवभक्ति अर्याल र केशव तिमल्सिनालाई उम्मेदवारका रूपमा सिफारिस गरिएको पार्टीले जनाएको छ।
पार्टीका अनुसार सिफारिस गरिएका उम्मेदवारहरूको अन्तिम टुंगो केन्द्रिय निर्णयअनुसार लगाइनेछ।
