समाचार
महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको छ । काठमाडौं जिल्ला अदालतले महरामाथि थप अनुसन्धानका लागि प्रहरीलाई थप ५ दिनको अनुमति दिएको हो । संसद सचिवालयमा कार्यरत रोशनी शाहीले जबर्जस्ती करणी उद्योगमा महराविरुद्ध उजुरी गरेपछि उनी पक्राउ परेका थिए । महरालाई प्रहरीले असोज १९ गते उनको सरकारी निवास बालुवाटारबाटै पक्राउ गरेको थियो । यसअघि पनि काठमाडौं जिल्ला अदालतले असोज २८ गते अनुसन्धनका लागि १३ दिनको म्याद दिएको थियो ।



