समाचार
काभ्रेमा सरकार विरुद्ध प्रदर्शन,उर्जा मन्त्रीकाे फाेटाे जलाए प्रदर्शनकारीले

चैत १२ मंगलबार ,२०८१
काभ्रेपलान्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेले कुलमान घिसिङलाई सरकारले पदबाट हटाएको विषयलाई लिएर विराेध सभा गरेकाे छ। मंगलबार बनेपाकाे चारदाेबाटाेमा समर्थनहरु सहित रास्वपाले सरकार बिरुद्ध विराेध सभा गरेको हो ।
सभामा उपस्थितले विभिन्न नारा लेखिएको प्ले कार्ड बाेक्नुका साथै सरकार विरुद्ध नाराबाजी गरेका थिए । उनिहरुले उज्यालोका नायक कुलमान, भ्रष्टाचारी सरकार मुर्दावाद , कुलमानलाई पुर्नबहाली गर्, बिचौलिया- माफिया खबरदार जस्ता नारा लेखेका प्लेकार्ड बाेकेका थिए।
प्रदर्शनकारीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष के. पि.ओलीकाे पुत्ला दहन गरेका थिए । उक्त पुत्ला प्रहरीले नियन्त्रणमा लिएर निभाएकाे थियो । उनिहरुले उर्जा मन्त्री दिपक खडकाकाे तस्वीर पनि जलाएका थिए।
सरकार विराेधी नाराबाजी पश्चात् र्यालि काेण सभामा परिणत भएको थियो । सभामा सम्बाेधन गर्दै रास्वपाका सार्वजनिक मामिला विभाग सचिव बदन कुमार भण्डारी , काभ्रे जिल्ला कमिटी सभापति प्रविण ढकाल,सचिव जिएन सापकाेटा, नेता रमेश हुमागँाई लगायतले सरकारकाे व्यापक आलोचना गर्नु भयो ।

