समाचार
भारत र चीनकाे रबैया प्रती बास्काेटाकाे असहमति

पुष,११ बिहीबार ,२०८१
काठमाडौ । नेपाललाई नसाेधी भारत र चीनले नेपाली भूमि `लिपुलेक´ प्रयाेग गर्ने सहमति भएको भन्ने समाचार सार्वजनिक भएपछि नेकपा एमालेका पाेलिटब्युराे सदस्य तथा संघीय सांसद गाेकुल प्रसाद बास्काेटाले असहमति जनाउनु भएको छ।
उहाँले,´ शक्ति र स्वार्थको सामु सम्बन्धको वर्लीनवाल सजिलै ढल्दो रहेछ भन्दै भारतीय र चिनिया पक्षलाई कडा प्रहार गर्नु भएको छ। भारत र चीन शक्तिशाली राष्ट्रले आफ्नो स्वार्थ पूरा गर्न नेपाली भूमि अतिक्रम गर्दै आएका छन् । लिपुलेक र लिम्पियाधुराकाे नेपाली भूमि बारे लामाे समयदेखि विवाद रहि आएको छ।
बुधबार भारत र चीनले नेपालकाे सहमति बिना लिपुलेक प्रयाेग गर्ने सहमति भएको भन्ने खबरहरु संचारमाध्यमहरुमा सार्वजनिक भएका थिए। त्यस प्रती असहमति जनाउँदै सांसद बास्काेटाले सामाजिक संजाल मार्फत विराेध गर्नु भएको हो ।
बास्काेटाले लेख्नु भएको छ,` लिपुलेक भारत र चीनले नेपाललाई वास्तै नगरी प्रयोग गर्ने सहमति गरेको खबर साँचो हो भने यो नेपाललाई हेप्ने र मिच्ने कुरा भयो। हात्तीहरु जुझ्दा पनि पिरती लाउँदा पनि हामी नै पेलिनु पर्ने? यो कस्तो हो भनी प्रश्न गर्नु भए छ।´ उहाँले सम्प्रभुता साना-ठुला सबै देशको बराबर हुने भनाइ राख्नु भएको छ।


