समाचार
बाढीकाे पुर्ननिर्माणमा तिनै तहकाे सहकार्य हुने छ :- मुख्य मन्त्री लामा

मंसिर २ आइतबार ,२०८१
काभ्रेपलान्चोक । बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिं लामा काभ्रेको बाढी पहिराेले ध्वस्त क्षेत्रकाे अनुगमनमा आईपुग्नु भएको छ। लामा शनिबार काभ्रेको बेथानचाेक पुग्नु भएको थियो ।
उहाँले,` संघ, प्रदेश र स्थानीय गरि तिनै तह मिलेर पुर्ननिर्माण र राहतको काम गर्ने कार्यविधि बन्ने बताउनुभयो । संघले ६०, प्रदेशले ३० र स्थानीय तहले १० प्रतिशत सहकार्य गर्नुर्नु पर्ने कार्यविधि बनाउने तयारी भइरहेको छ। अब छिटोभन्दा छिटो कार्यविधि बनेपछि पुर्ननिर्माण र राहतकाे उचित ब्यबस्थापन हुने लामाकाे भनाइ थियो ।´
अनुगमन र निरिक्षणका क्रममा अन्य क्षेत्र भन्दा काभ्रे बढी प्रभाबित र क्षति भएको प्रष्ट देखियाे ।अब क्षतिकाे वास्तविक तथ्यांक आइसकेपछि के ,कसरी योजना बनाएर जाने भन्ने संघीय सरकारसँग छलफल गरिने विश्वास ब्यक्त गर्नु भयो ।