समाचार

पूर्वराजा ज्ञानेन्द्रलाई चुनाव जितेर प्रधानमन्त्री बन्न माधव नेपालकाे आग्रह

माघ २० शनिबार ,२०८०
काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक प्रक्रियाबाट चुनाव जितेर आफैं प्रधानमन्त्री बन्न सक्ने बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले शासन प्रणाली ठीक ढंगले चलेको छैन र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भएर चुनाव लड्न र प्रधानमन्त्री बन्न ज्ञानेन्द्रलाई सुझाव दिएका हुन् ।

, ‘यदि राज्य शासन प्रणाली ठीक ढंगले चलेको छैन भने मुलुक राम्ररी चलाउन सकेका छैनन् भने नेता भएर आए हुन्छ । जनताको बीचमा भिजे हुन्छ, चुनाव जितेर आए हुन्छ । राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिए हुन्छ ।’ नेपालले भने ।

®
उनले अहिले राष्ट्रपति हुने मान्छेको अभाव नभएको बताउँदै भने, ‘काम गर्ने भनेको प्रधानमन्त्रीले हो, प्रधानमन्त्रीसँगको यदि विवाद हो भने प्रधानमन्त्री बन्न चाहनुहुन्छ भने आउनुस् ।’
सार्वजनिक कार्यक्रममा भाषण गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले देशको अवस्था नियालिरहेको र जनता सन्तुष्ट नरहेको पाएको धारणा लाई नेपालले लक्षित गरेका हन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *