समाचार
जिसस प्रमुख गौतमद्वारा झाेलुङ्गे पुल अनुगमन

पुस ९ साेमबार ,२०८०
काभ्रे । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले राेशि गाँउपालिका वडा नम्वर ३ स्थित भदौरेमा निर्माण सम्पन्न झाेलुङ्गे पुलकाे अनुगमन तथा निरिक्षण गर्नु भएको छ।
संघीय सरकारकाे ससर्त बजेट अन्तरगत ८५ प्रतिशत , राेशि गाँउपालिकाकाे १३ प्रतिशत र स्थानीय जन श्रमदान २ प्रतिशत गरि कुल ५४ लाखमा भदौरे -मजुवा झाेलुङ्ग पुल निर्माण भएको छ। उक्त पुल निर्माण पश्चात् स्थानियहरु खुशि छन ।
पुल अनुगमनका क्रममा जिसस प्रमुख गौतमले पुल नबन्दा स्थानीय र स्कुले बालबालिकाहरूले सास्ती खेप्नु परेकाेमा अब सहज हुने आशा व्यक्त गर्नु भएको छ। “वर्खाकाे समयमा स्कुल पढ्ने विद्यार्थीलाई खाेलाकाे जाेखिम पूर्ण यात्रा गर्न नपर्ने र स्थानीयहरुलाई पनि वारीपारी गर्न याे झाेलुङ्गे पुलले सुविधा पुग्ने छ। समयावधि भन्दा एक महिना अगाडि पुल निर्माण सम्पन्न भएकोमा प्रमुख गौतमले उपभोक्त समितिको प्रशंसा पनि गर्नु भएको छ । “
उक्त पुल निर्माण उपभोक्त समितीका अध्यक्ष कुमार लामा (च्यामा)का अनुसार निकै सघर्षका बाबजुद पुल निर्माण सम्पन्न भएको र पुल बनेपछि मजुवा -भंगारे- मसराङ्गिका स्थानीयहरुलाई स्वास्थ चौकि ,वडा कार्यालय र विदयालय आउन ,जान सहज भएको बताउनु भयो।
वृद्दवृद्दा तथा बालबालकाहरुलाई अाधा घण्टा घुमाउराे लाग्ने बाटो पुल बनेपछि ५/ १० मिनेटमा आवतजावत गर्ने सकिने भएको स्थानीय पुर्णमान लामाले बताउनु भएको छ।



